सुचना, समाचार र मनोरन्जन

क्यानडामा सम्मानित भए खलनायक पुष्कर

काठमाडौं :

कुनै समय नेपाली चलचित्रमा नकारात्मक चरित्र (खलनायक)मा रुचाइएका अभिनेता पुष्कर भट्ट क्यानडामा सम्मानित भएका छन्। अंग्रेजी नयाँ वर्ष (२०२४) तथा गुरुङ ल्होसारको अवसर पारेर उनलाई ‘गुरुङ को–अपरेटिभ’ नामक संस्थाले सम्मान गरेको हो। भट्टको नेपाली चलचित्रमा योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।

Protin

अभिनेता भट्ट लामो समयदेखि परिवारसहित क्यानडामा बस्दै आइरहेका छन्। त्यहाँ पनि उनले कलाकारितालाई भने छाडेका छैनन् । केही समयअघि उनले हिन्दी गीत ‘जिल्ला मुरादाबाद’को निर्देशन गरेका थिए भने त्यसमा उनी स्वयंको अभिनय थियो। उनले चाँडै नेपाल आएर चलचित्रमा काम गर्ने योजना रहेको बताएका छन्।

अभिनेता विराज भट्टको सहयोगमा नेपाली चलचित्रमा प्रवेश गरेका भट्टले ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ लगायत एक सय बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् भने दुई दर्जन बढी भोजपुरी चलचित्रमा समेत काम गरेका छन् । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिकामा जम्न मद्दत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.