सुचना, समाचार र मनोरन्जन

शंकरले गरे फिल्म ‘तेल भिसा’को अडिसन आव्हान

काठमाडौं :

शंकर घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म ‘तेल भिसा’को लागि अडिसन खुल्ला गरिएको छ। निर्माण टिमले फिल्मका लागि सोमबार अडिसन खुल्ला गरेको हो। फिल्ममा विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ्ग बाहेकका लागि अडिसन आव्हान गरेको छ।
निर्देशक घिमिरेले चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकनमा जाने फिल्ममा मुख्य कलाकारको लाइनअप सकिए पनि अमेरिकातर्फको दृश्यका लागि विविध भूमिकामा अडिसन आह्वान गरिएको जानकारी दिएका छन्।

यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकनसहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियन सहित फरक–फरक वर्ण देखिने नेपालीसहित विदेशी मूलका महिला पुरुषले अडिसनमा सहभागिता जनाउन सक्नेछन् । यो अडिसनमा नेपालमा बसोबास गर्नेले पाउने छैनन्। यो अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका ब्यक्ति हुनुपर्ने निर्देशक घिमिरेको भनाई छ।

अडिसनमा सहभागिता जनाउन इच्छुक व्यक्तिले फिल्म निर्माण कम्पनी वेल डन क्रिएशनको आधिकारिक इमेल ठेगाना धििभमयलभअचबतष्यलकठ२नmबष्।िअयm मा आफ्नो केही प्रति फोटोसहित बायोडाटा पठाउनु पर्नेछ ।

सेभेन सिज इन्टरटेन्मेन्टसँग शंकर घिमिरेको वेल डन क्रिएशनले साझेदारी गर्दै निर्माण गर्न लागेको फिल्मको ७० प्रतिशत छायाङ्कन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसीसहित विभिन्न लोकेशनमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुने निर्माण पक्षको भनाई छ । फिल्म निर्माणका लागि नेपाल अमेरिका फिल्म सोसाइटीसहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन ।

Leave A Reply

Your email address will not be published.