सुचना, समाचार र मनोरन्जन
Sarangi

जित नमान्ने कुरा गर्दै आए प्रेक्षा र रञ्जन

काठमाडौं :

गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको स्वरमा रहेको नयाँ गीत ‘जीत मान्दिनँ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको गीतमा विशाल निरौलाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

गीतको भिडियोमा मोडलद्वय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय छ । भिडियोमा उनीहरुको प्रेम र रोमान्सलाई देखाइएको छ ।
मनाङको रमणीय स्थानमा छायाङकन गरिएको भिडियोमा उत्सव दाहालको छायाङ्कन छ।

राकेश दाहालको सम्पादन रहेको भिडियोमा केशवराज भट्टको निर्देशन छ । डिसी अधिकारीको प्रस्तुतिमा निर्माण भएको भिडियो प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.