सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे माओवादी केन्द्रबाट मन्त्री बनेकालाई बर्खास्त

धनगढी :

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । उनले मंगलबार माओवादीबाट सरकारमा सहभागी भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन्।

IVF Big

केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका हुन्। यता कर्णाली सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत रहेका छन्। सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखेको खण्डमा मुख्यमन्त्रीलाई बहुमुत पुग्ने देखिन्छ। त्यस कारण पनि उनि बलिया देखिन्छन्।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् । जसमा एउटा सिट रिक्त रहेको छ।

Leave A Reply

Your email address will not be published.