सुचना, समाचार र मनोरन्जन

त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुग्यो,३६ को जिवितै उद्धार

काठमाडौं :

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको रात्री बस त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। बुधबार विहान ५ बजे लु २ ख २१२१ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशुली नदीमा खसेको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र पाँच पुरुष रहेका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए अनुसार सशस्त्र प्रहरीको विपद व्यवस्थापन सुरक्षा बेश आदमघाट र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको टोलीले ३७ जनालाई जीवितै उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ। बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य आठ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.