सुचना, समाचार र मनोरन्जन

रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण थापालाई मातृशोक

पोखरा /

सराङ्कोट वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा रेडियो सराङ्कोटका कार्यकारी निर्देशक कृष्ण बहादुर थापाका ममतामयी माता कृष्णकुमारी थापाको ७९ वर्षको उमेरमा निधन भएको छ ।

पोखराको सराङकोटका थापा परिवार पछिल्लो समय पोखरा ८, सिमलचौरमा बस्दै आएको छ । कृष्णकुमारी लामो समयदेखि पार्किन्सन, उच्च रक्तचाप, दम लगायत रोगबाट पीडित थिइन् ।

केही समयअघि काठमाडौं समेत उपचारका लागि लगिएको थियो । महिला संघको संस्थापक उनी नेपाली कांग्रेसका शीर्ष नेताहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत नेताहरुले भाउजू उपनामले सम्बोधन गर्थे । उनको बिहीबार सेती नदी तुल्सीघाटमा अन्त्येष्टि गरिएको छ । उनका २ छोराहरुमा कृष्ण कान्छा हुन् । जेठा सन्तोष थापा हुन् ।

कृष्ण थापा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य ,क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख संगै उनी विभिन्न सामाजिक संघसंस्थामा समेत उत्तिकै सक्रिय छन् ।

Leave A Reply

Your email address will not be published.