सुचना, समाचार र मनोरन्जन

प्रदीप शाहीको चलचित्रमा अभिनेता प्रदीप खड्का

काठमाडौँ :

निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन्। गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन।

Chaka Panja

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेता प्रदीप खड्काको बर्थ डेको अवसर पारेर हिजो शनिवार निर्माण टिम र खड्का बिच सम्झौता भएको हो।

चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको निर्देशक शाहीले जानकारी दिए।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो। नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए।

Leave A Reply

Your email address will not be published.