सुचना, समाचार र मनोरन्जन

फिल्म ‘यो मन त मेरो नेपाली हो’मा भारत देखि जर्मनीसम्मका कलाकार

काठमाडौं :

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो चरणको छायांकन सुरु भएको छ। आठ देशका कलाकारहरुलाई लिएर निर्माण टिमले दोस्रो चरणको छायांकन थालेको हो।

फिल्ममा भारत ,मलेसिया ,पोल्याण्ड ,अस्टिया ,बेल्जियम ,ट्युनिसिया ,जर्मनी, साउथ अफ्रिका लगायतका देशका कलाकारहरुको अभिनय रहने निर्माण पक्षको भनाई छ। फिल्मको तेस्रो चरणको छायांकन भने क्यानाडामा हुने फिल्मका निर्माण नियन्त्रक सुमन काफ्ले जानकारी दिएका छन् ।

Protin

अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनिरहेको यो फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् च । यो फिल्मको पहिलो चरणको छायांकन नेपालको झापा ,इलाम साथै भारतको सिकिम ,दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउँमा भइसकेको छ।

फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री“,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ ।

शिवम् अधिकारीको लेखनमा निर्माण भइरहेको फिल्ममा निर्देक प्रधानकै कथा रहेको छ। दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स , ,कविराज गहतराजको कोरियोग्राफी रहने यस फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल “ दिवाना “र निर्माण नियन्त्रक सुमन काफ्ले रहेका छन्।

Leave A Reply

Your email address will not be published.