सुचना, समाचार र मनोरन्जन

सुजन र झुमाको प्रत्यक्ष प्रस्तुतिमा सार्वजनिक गरियो ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत,हलमै नाचे पत्रकार

काठमाडौं :

केहि वर्षयता नेपालको पुर्वी भागमा बज्ने रैथाने भाकामा आधारित गीतहरु फिल्ममा समावश गर्न थालिएको छ। यहीँ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘उनको स्वीटर’मा ‘काफ्ले’बोलको गीत समावेश गरिएको छ।

मङ्गलवार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहकाबीच निर्माण टिमले रैजाने भाकामा समावेश गीत स्टेजमै प्रस्तुती दिदै सार्वजनिक गरेको हो। युवराज काफ्लेको शब्द,झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँले गाएका छन्। विशेष गरि पाँचथर,ताप्लेजुङ तिरका बासिन्दाको लवजमा यो गीतलाई सुन्न सकिन्छ। उतैका बासिन्दा गायिका झुमा लिम्बु र गीतकार युवराजले लेखेका हुन्। यस गीतमा झुमा र सुजनको आवाजलाई यो गीतले सुहाएको पनि छ। झुमा र सुजनले ‘काफ्ले’गीत गाउदा उपस्थित पत्रकारहरुले हलमै छमछम नाचेर मनोरञ्जन दिलाए।

फिल्मको गीत हेरिसकेपछि फिल्मका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको सुनाए। उनले आफुले खोजेको जस्तै काफ्ले पात्रलाई गीत मिलेको र फिल्ममा समावेश गरेको बताए। उनका अनुसार फिल्म ‘उनको स्वीटर’मा विपिन कार्कीको भुमिका ‘धरणीधर काफ्ले’को छ। त्यसले पनि यो फिल्मको कथासँग गीतले म्याच गरेको बताए।

पत्रकारसँगको कुराकानीमा उनी भन्छन, हामी चलचित्रको जुन सपना बोकेर पाँचथर गएका थियौँ। आज त्यो सपना पुरा हुन लागेको छ।’
उनले आफुले फिल्मको कथा यथार्त परक रहेको बताए। उनले थपे,‘फिल्म ‘रियलिस्टिक अप्रोच’बाट बनाइएको भएकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौँ।’

सङ्गीतकार तथा गायिका झुमा लिम्बूले आफु काफ्ले र सापकोटाको गाउँमा नै हुर्केको सुनाउँदै यो गीतमा आफुले बाल्यकाल सम्झेको बताईन्। स्टेज बनाएर नै उपस्थित पत्रकारलाई गीत सुनाएकी झुमाको अनुहारमा निकै चमक देखिन्थ्यो।

Protin

उपस्थित भएका पत्रकारलाई आफ्नो अनुभव सुनाउँदै भनिन्,‘यो गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु। काफ्लेको बारेमा गीत बनाउन खोजिरहँदा काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु संयोग हो।’

मुन्धुम संस्कृति अध्ययनमा सक्रिय लिम्बूले गीतमा समेटिएको सांस्कृतिक गहिराइलाई अझ सशक्त बनाएकी छन्। उनकै छिमकी रहेका गीतकार काफ्लेले बाल्यकालमा स्कुल पढाउँदाका शिक्षक सम्झिए।

उनी भन्छन्,‘मलाई स्कुलमा शिक्षकहरूले ‘काफ्ले काफ्ले’ भन्नुहुन्थ्यो, त्यो बेला थरले बोलाउँदा रिस उठ्थ्यो । त्यसै बेला सोचेको थिएँ, काफ्ले थरलाई ब्रान्ड बनाउँछु। आर्टमाण्डू टिमसँग यात्रा सुरु गर्न पाएँ र सपना पनि पुरा हुन लाग्दा खुसी छु।’

यस फिल्ममा विपिन कार्की,मिरुना मगर,विल्सन विक्रम राई, एलेक्स पारस,परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायतका कलाकारको अभिनय रहेको छ।

आर्टमाण्डू प्रा.लि.को पहिलो यस फिल्ममा दर्शकले यथार्थवादी शैलीको कथालाई पाउने निर्माण पक्षको भनाई छ। सामाजिक कथामा आधारित यो फिल्ममा गायक सुजन चापागाईँ गीत निर्देशक रहेको छ भने फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गरेका छन्। उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन्।

Leave A Reply

Your email address will not be published.