सुचना, समाचार र मनोरन्जन

‘प्रसाद २’का कारण बलिउड फिल्म ‘एनिमल’खेल्न नपाएको विपिनको दुखेसो

काठमाडौं :

केहि वर्ष अघिसम्म अभिनेता विपिन कार्कीले कुन फिल्ममा पहिला काम गर्ने भनेर सेड्युल हेर्नुपथ्र्यो। उनका हातमा एकपछि अर्को फिल्मको लाइन थियो। त्यहि मेसोमा उनलाई बलिउड फिल्म ‘एनिमल’मा अफर आएको थियो। बलिउड फिल्ममा अफर आएपछि उनी केहि समय भारत पनि गए। फिल्मको सुटिङ भयो। तर उनले त्यो फिल्ममा काम गरेनन्। नेपाल फर्किए।

उनले किन फिल्ममा काम नगरेको भन्ने बारेमा प्रष्ट पारेनन्। हालै उनी फिल्म ‘तेल भिसा’का लागि अमेरिका पुगेको बेला एक मिडियासँगको कुराकानीमा त्योफिल्ममा काम नगर्नुको मुख्य कारण ‘प्रसाद २’ भएको खुलाएका छन्।

Chaka Panja

उनले फिल्म ‘प्रसाद २’को लफडा भएकै कारण आफुले एनिमल खेल्न नपाएको भन्दै अलिक आक्रोशित बनेका छन्।

कुराकानीमा उनी भन्छन्,‘मैले एनिमलमा काम नगर्नुको प्रमुख कारण प्रसाद २ हो । प्रसाद २ नभएको भए मैले निश्चय नै एनिमल गर्थें ।’
फिल्म ‘प्रसाद २’को सुटिङमा समेत लफडा परेपछि सबै कलाकार काठमाडौं फर्किएका थिए। उनले अन्तरवार्तामा भनेका छन्,‘उहाँहरुले मुद्दा मामिला गर्न चाहनुभएको थियो । मलाई त्यस्तो मन पर्दैन । मेरो घरमा पनि मलाई कहिल्यै मुद्दा मामिलामा नजा भनेका थिए।’
उनी अब ‘प्रसाद ३ बन्यो भने काम नगर्ने सोचमा रहेको बताए।

‘एनिमल’ २०८० सालमा नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्म बनेको थियो। नेपाली कलाकार बलिउडमा जान खोज्ने धेरै छन्। कतिपय उतै संघर्ष गरिरहेका छन्। विपिनलाई भने नेपालमा काम गर्दागर्दै बलिउडबाट अफर आउनु नेपाली फिल्मकर्मीमा लागि एक खुशीको कुरा पनि हो। किनभने नेपालमा तर्फबाट मनिसा कोइरालादेखि पछिल्लो समयकी अभिनेत्री अदिती बुढाथोकी रहेका छन्। अब विपिन थपिएको खण्डमा बलिउडमा नेपाली कलाकारको राम्रै क्रेज हुनेछ।

Leave A Reply

Your email address will not be published.