सुचना, समाचार र मनोरन्जन
Sarangi

गृहमन्त्रीले बुझाए प्रधानमन्त्रीलाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं /

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी {तस्करी} नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।

शुक्रबार बिहान वालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका हुन् । आयोगले हिजो गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो ।

गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.