सुचना, समाचार र मनोरन्जन

थाइल्याण्डमा ६० लाख खर्चमा छायांकन गरिएको साम्राज्ञीको ‘मालती’लाई १९ करोड भ्युज

काठमाडौं :

दसैँअघि थाइल्याण्डमा ६० लाख खर्चमा छायांकन गरिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मालती नामक गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी आरएल शाहले अभिनय गरेकी छन्। जुन गीतको म्युजिक भिडियो हालसम्मकै उच्च लगानी रहेको निर्माण पक्षको भनाई छ।
गीतको भिडियोमा साम्राज्ञीसहित विशाल खरेलले पनि अभिनय गरेका छन्। भिडियोमा थाइल्यान्डका मोडलहरुले कोरसको रुपमा समेत काम गरेको देख्न सकिन्छ।

सुरज विक्रम थापा (बुलेट फ्लो) र डिबी यो म्याजेस्टीको शब्द तथा संगीत रहेको यो गीतमा ममता गुरुङ र बुलेट फ्लो र डिवी यो म्याजेस्टीले गाएका छन्। पछिल्लो समय फिल्मको छायांकनमा व्यस्त रहेका सौरभ लामाले खिचेको म्युजिक भिडियोलाई कमल खतिवडा र निर्देशक सञ्जय न्यौपानेले निर्माण गरेका हुन्।

लोकेन्द्र सुब्बाको सम्पादन रहेको म्युजिक भिडियोलाई एकै दिनमा १९ लाखभन्दा बढि भ्युज प्राप्त भइसकेको छ। गीतलाई १२ समय भन्दा बढि कमेन्टकर्ताले नकरात्मक प्रतिक्रिया दिएका छन्।

Leave A Reply

Your email address will not be published.