सुचना, समाचार र मनोरन्जन

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं /

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी {तस्करी} नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा केही समय अघि भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन्।

Chaka Panja

सरकारले सुनको तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको तस्करी नियन्त्रण आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको हो।

आयोगले बिहीबार मात्रै सो प्रकरणमा जाँचबुझ गरी गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो। गृहमन्त्री लामिछानले शुक्रबार विहानै सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए।

अन्तराष्ट्रिय बिमानस्थलबाट सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उच्चपदस्थ माओवादीका उच्च नेतासहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।

Leave A Reply

Your email address will not be published.