सुचना, समाचार र मनोरन्जन

महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सकियो

काठमाडौं /

महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो।

Chaka Panja

नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम {सीएनआइडब्लूएलएफ} को आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो।

उक्त सम्मेलनमा वृहत छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरमले जनाएको छ। कृषि विकासमा महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने कुरा घोषणापत्रमा समेटिएको छ।

साथै, महिलामैत्री कृषि यान्त्रिकीकरण, कृषिमा काम गर्ने सरकारी निकायहरुको विकेन्द्रीकरण गर्ने सँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने लगायतका विषय घोषणापत्रमा समेटिएको फोरमले जनाएको छ।

Leave A Reply

Your email address will not be published.