काठमाडौं :
फिल्म ‘ईश्वर’को सम्पादन काम सकाएर बसेका निर्देशक राजु गिरीले नयाँ फिल्मको घोषणा गरेका छन्। उनले मंगलबार फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को निर्माण घोषणा गरेका हुन् ।
उनका अनुसार आगामी साउन २० गतेबाट फ्लोरमा जाने तयारी रहेको छ। जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने निर्माण पक्षको भनाई छ। निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन् ।
बाबुल गिरीको संगीत रहने फिल्मलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैछन्। निर्देशक गिरी निर्देशित दुई फिल्म ‘नम्बरी सुन’ र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छन्। ‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ, भने ‘नम्बरी सुन’को अहिलेसम्म दुई पटक प्रदर्शन मिति घोषणा गरेर पनि रिलिज हुन सकेको छैन ।