सुचना, समाचार र मनोरन्जन

काठमाडौंमा माइकल चेकव पद्धतीमा नाट्य कार्यशाला सकियो

काठमाडौं :

दश दिनसम्म चलेको माइकल चेकव पद्धतीमा कार्यशाला समापन भएको छ । चैत १७ गतेबाट चलेको यो कार्यशाला २७ गते समापन भएको हो।
रङ्गकर्मीहरु र प्रशिक्षकहरूलाई लक्षित गरिएको कार्यशालामा कौसी थिएटर, मण्डला थिएटर, पुरानो घर, आरोहण गुरुकुल, पोखरा थिएटरका रङ्गकर्मीहरु सहभागी रहेका थिए । काठमाडौंको रसियन हाउस कमलपोखरीको सहयोगमा सञ्चालनमा आएको यो कार्यशालामा काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल र स्कुल थिएटर नेपाल पनि जोडिएका थिए । यो कार्यशालामा विभिन्न थिएटर र भारत, अमेरिका लगायतबाट २५ जना रङ्गकर्मीहरु सहभागी रहेको रंगकर्मी टंक चौलागाईले जानकारी दिए। उनका अनुसार यस कार्यशालाको मुख्य उद्देश्य यो विशिष्ट पद्धतीलाई फैलाउनु रहेको थियो ।

यसपाली अनुभवी गुरु योर्ग आन्द्रेसले सिकाएका छन् । उनी माईकल चेवक अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन् । आफ्नो एकेडेमी बर्लिनमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन् । विभिन्न देशमा माईकल चेकव पद्धतीको तालिम दिँदै हिड्छन् । नेपाल आउनु अघि रसियाको मस्कोमा थिए । युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।

नेपालमा धेरै थिएटरहरू छन् । रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरु छन् । तर कुनै विषेश पद्धती छैन । शिक्षक, निर्देशकको ज्ञानअनुसार कक्षा सञ्चालन भईरहेका छन् । नाटक तयार भईरहेका छन् । दिग्गज प्रशिक्षकहरूले मैले यो पद्धतीमा तपाईंहरू अभिनय सिकाउँदै छु भनेर भन्दैनन्। स्तानिस्लास्की नेपालमा चर्चित छन् । स्तानिस्लास्कीका उत्कृष्ट विद्यार्थी थिए माईकल चेकव । माईकल चेकव र स्तानिस्लास्की दुवैको तौरतरिका फरक छ । माईकल चेवक प्रसिद्ध रसियन लेखक आन्तोन चेकवा भतिजा हुन्। स्तानिस्लास्कीले समेत माईकल चेकवको पद्धतीको प्रसंसा गरेका थिए।

नेपालमा पछिल्लो समय केही फरक फरक पद्धतीमा अभिनय सिकाउन थालिएको छ । जब माइकल चेकवले आफ्नै पद्धतीको विकास गरे । उनी रसियाबाट निर्वासित भए । युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा स्टुडियो चलाएर आफ्नो पद्धती फैलाउन थाले । पश्चिमी समाजमा माईकल चेकवको पद्धती चर्चित छ। ओस्कार बिजेता धेरै कलाकारले यो पद्धतीमा काम गर्छन्।

यो पद्धतीलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागि परेको कुरा निर्देशक टंक चौलागाईंले बताए। गत वर्ष यहि समयमा यो पद्धतीको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक, स्टन्ट वुमन लिजा डाल्टन आएकी थिईन्। उनले दुई महिना लामो कार्यशाला चलाएकी थिइन्।

Leave A Reply

Your email address will not be published.