सुचना, समाचार र मनोरन्जन

के भएको हो पूजा शर्मालाई

काठमाडौं :

सोमबार अभिनेत्री पूजा शर्माले हस्पिटलको बेटमा उपचारर्था रहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट्याईन्। उनले सामाजिक सञ्जालमार्फत बिरामी अवस्थाको फोटो राखेपछि उनलाई बधाई दिनेको आइरो लाग्यो। तर उनलाई के भएको हो भन्ने कुरा कसैलेपनि पत्तो पाउन भने सकेनन्।

Pach Pandav

शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। उनी मेडिसिटी अस्पतालमा उनले आइतबार एपेन्डिक्सको शल्यक्रिया गराएकी हुन्। उनका अनुसार आइतबार शल्यक्रिया गरिएको र सोमबार बेलुकासम्म डिस्चार्ज हुने तयारीमा छिन्। उनी डिस्चार्ज भएको खबर भने यो समाचार तयार पार्दासम्म पनि जानकारीमा आएको छैन।

उनले भनेकी छन्,‘सफलतापूर्वक अप्रेसन भएको छ र चाँडै स्वास्थ्य रिकभर भएकोमा म खुसी छु । अबको समय चाँडो निको हुन डाक्टरको सल्लाह पालना गर्ने र आराम गर्ने हो ।’

पूजाको पछिल्लो फिल्म ‘उपहार ः द जर्नी अफ लाइफ’ रिलिज भइसकेको छ भने अर्को फिल्म ‘दान्भी’ प्रदर्शनको तयारीमा छ। उनी आफैले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘रावायण’ छायांकनको तयारीमा छ ।

Leave A Reply

Your email address will not be published.