सुचना, समाचार र मनोरन्जन

निशान र ऋचा सम्बन्ध तीन वर्ष पनि टिकेन,किन गरे तीन वर्षमै डिभोर्स ?

काठमाडौं :

दुई वर्ष प्रेम सम्बन्धमा रहेर विवाह बन्धनमा बाँधिएका गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद भएको छ । गत चैत ७ गते काभ्रे जिल्ला अदालतउनीहरुको डिभोर्सको फैसला गरेको थियो। न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो।

Pach Pandav

उनीहरुबीच विवाहपछि सम्बन्धमा खटपट चलेको हल्ला चलेको थियो। यसैबो बाबजुद निशानकी श्रीमती ऋचाले काभ्रे अदालतमा डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । अदालतको वेबसाइटमा उनीहरुबीच सम्बन्ध विच्छेदको मिलापत्र भएको उल्लेख गरिएको छ। उनीहरुले आपसी सहमतिमै डिभोर्स गरेका हुन्।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

उनीहरुबीच २०७७ सालमा कोर्ट म्यारिज भएको थियो।

Leave A Reply

Your email address will not be published.