सुचना, समाचार र मनोरन्जन

सुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक

काठमाडौंँ :

गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ। रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन्।

एक अर्काेलाई मनपराउने केटा र केटीले एक अर्काेको आमाले आफुलाई स्वीकार नगरेको कुरा गीतमा गरिएको छ। गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन्।

Chaka Panja

गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ। जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।

सुशिल शर्माको निर्माण रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन, विकाश ज्ञवलीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियो गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् ।

Leave A Reply

Your email address will not be published.