सुचना, समाचार र मनोरन्जन

सार्वजनिक यातायातलाई दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने गृहमन्त्रीको घोषणा

काठमाडौं /

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको ट्राफिक सचेतना विशेष अभियान शुभारम्भ गर्दै लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गर्दै सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका हुन्।

Chaka Panja

उनले केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए। विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताए।

उनले नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार, चोर समातेका आधारमा वृत्ति विकास हुने र सोही अनुसार कामको मूल्यांकन हुने जनाए। कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको बताए।

सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना विशेष अभियान सुरु गरेको हो।

Leave A Reply

Your email address will not be published.