सुचना, समाचार र मनोरन्जन

एलेक्स शर्माको ‘मलाई माफ गरिदेउ’

काठमाडौं :

एलेक्स शर्माको ‘मलाई माफ गरिदेउ’ बोलको गीत सार्वजनिक भएको छ। हालै गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो। गीतमा गायक प्रताप दासले स्वर दिएका छन भने अर्जुन पोख्रेलको संगीत छ।

Pach Pandav

एलेक्स शर्माको शब्द रहेको यस गीतको भिडियोलाई काठमाडौँका आसपास छायांकन गरिएको छ। भिडियोमा एलेक्स शर्मा,मौसम खड्का र रविन्द्र दर्नेल को मुख्य अभिनय रहेको छ भने सरोज शाहीले खिचेका छन । कुल केसीको भिडियो डाईरेक्सन रहेको यस भिडियोलाई गत हप्ता एक कार्यक्रममा विमोचन पनि गरिएको थियो।

भिडियोलाई शुभकामना दिन नेपाली कांगेसका महामन्त्री विश्व प्रकाश शर्मा, सामाजिक अभियान्ता भाग्य न्यौपाने र रमेश खरेल पत्रकार खरो खगेन्द पनि पुगेका थिए । गीतको भिडियोमा माया प्रेम र विछोडको कथा समावेश गरिएको भिडियो ओ एस आर डिजिटलबाट रिलिज भएको छ।

Leave A Reply

Your email address will not be published.