काठमाडौं :
पोखराका सन्तोष अधिकारीले कुनै समय हिरो बन्ने सपना देखेका थिए। दुई दशक अघि पोखरामा नै अभिनय सिके,उक्सन सिके आफ्नो सपनालाई साकार पार्न लागि परे। तर समय फेरियो उनले अभिनेता बन्न सपना अडिग राख्दै विदेश हानिए। उनी विदेशमा रहँदा पनि राम्रो अभिनेता बन्छु भन्ने सपनालाई मर्न दिएनन्।
उनी आफ्नो सपना यो छ भन्ने कुरा आफ्नो परिवार र श्रीमतीलाई सुनाउँथेँ। परिवार सहित अष्ट्रेलियामा बस्दै आएका सन्तोषलाई श्रीमतीको साथ मिल्यो। श्रीमतीले उनको सपना साकार पार्नका लागि सहयोग गर्ने बचन दिइन्। सोही अनुसार उनले आफैले पनि लगानी गर्दै फिल्म ‘चित्रा’ निर्माण गरे। यस फिल्ममा उनी कार्यकारी निर्माताका अलवा अभिनेताका रुपमा काम गरे।
उनले यस अघि केहि फिल्ममा लगानी पनि गरे। उनले फिल्ममा लगानी गर्नुको मुख्य कारण हो फिल्म बुझ्नु र कलाकार चिन्नु। तीन चार वटा फिल्ममा सहायक निर्माताका रुपमा उदाएपछि उनले फिल्म ‘चित्रा’मा लगानी गरेका हुन्। उनी कार्यकारी निर्माता रहेर आफै अभिनेताका रुपमा अभिनय गरे। उनलाई पहिलो फिल्मबाट नै अभिनयको चर्चा भयो। पहिलो फिल्मबाट अभिनेतामा राम्रो सम्भावना बोकेको भन्दै उनको तारिफ भयो।
यो सफलता उनी श्रीमतीलाई दिन्छन्। श्रीमतीले तपाईको सपना पुरा गर्नुहोस् बाँकी म समाल्छु भनेपछि आफुले देखेको सपना पुरा गर्न चित्रामा होमिएका थिए। हरेक कुरा परिवारबाट साथ पाएपछि फिल्म निर्माण कम्पनी नै खोलेर फिल्म निर्माणमा होमिए। उनले आफ्नो पहिलो अभिनय रहेको फिल्म ‘चित्रा’लाई आफ्नै गाउँ ठाउँमा खिचाए। पोखरा आसपासमा खिचिएको यो फिल्मको चर्चासँगै प्रसंसा पनि भएको थियो। एक्सन अवतारका फिल्महरु विस्तारै हराइरहेको बेला नयाँ यस फिल्मका अभिनेता सन्तोष अधिकारी उदाए। यस फिल्ममा उनको एक्सनको चर्चा भएको थियो।
केहि फिल्ममा निर्माताका रुपमा आफुलाई उभ्याएका सन्तोषले यहि फिल्मबाट अभिनेतामा डेब्यु गरेका हुन्। फिल्मको कमाई ठिकठिकै भए पनि उनी कलाकारितमा सन्तुष्ट रहेको बताउँछन्।
यो फिल्मको प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि लिएर अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले समेत उनको अभिनयको तारिफ गरेका थिए। नेपाली फिल्म क्षेत्रमा उदयमान अभिनेताका रुपमा उनीहरुले सन्तोषलाई लिएका थिए। उनको फिल्मले आर्थिक रुपमा सवल रहन नसकेपनि उनको तारिफमा भने अधिकांश कलाकारले समय खर्चिएका थिए। अभिनयमा प्रसंसा बटुलेका सन्तोष आफ्नो कामप्रति खुशी रहेको बताउँछन्।
उनी भन्छन्,‘यो फिल्मले मलाई धेरै कुरा सिकायो। पहिलो फिल्मले सिकायो अब दोस्रो फिल्मबाट अघिल्ला फिल्ममा गरेको गल्ती सुधारेर आउनेछु। त्यसका लागि पनि म मेहनत गरिरहेको छु।’
सन्तोष दोस्रो फिल्मको तयारीमा जुटेका छन्। यहि वर्ष नयाँ फिल्म ल्याउने तयारीमा रहेको उनी बताउँछन्। फिल्म ‘चित्रा’को प्रमोसनमा आफ्नै कलाकारको साथ नपाएका सन्तोष दोस्रो फिल्ममा साथ दिनेलाई मात्र समावेश गर्ने बिचारमा छन्। परिचयसँगको कुराकानीमा उनले भने,‘वर्षमा एउटा दुई वटा फिल्म निर्माण गर्छु। फिल्म व्यापार हो,कहिले घाटा कहिले नाफा होला । तर मेरो सपना र नेपाली फिल्म क्षेत्रलाई उचाईमा पु¥याएरै छोड्छु।’