सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नेपाल युथ मुवाथाई च्याम्पियनसिप यु २३- २०८१ सम्पन्न

पोखरा /

नेपाल युथ मुवाथाई च्याम्पियनसिप यु २३- २०८१ सम्पन्न भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना र नेपाल नेश्नल मुईथाई संघ कास्कीको व्यवस्थापनमा भएको प्रतियोगिता सम्पन्न भएको हो ।

बैसाख २१ र २२ गते आयोजना भएको प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताबाट विजेता र उपविजेतालाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

IVF Big

नेपाल नेश्नल मुवाथाई एशोसियसनका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष दिपक गोदारले नेपालमा युथ खेलाडीहरुको उत्पादन गर्नुपर्ने आवश्यकतालाई औल्याएका छन् । उनले नेपाली खेलाडीलाई ओलम्पिकमा पुर्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नेपालमा नै आयोजना गर्नुपर्ने बताए ।

मुवाथाई व्यवसायिक रुपमा विश्वमा ठूलो टेवा पु¥याउने खेल भएकाले यसको महत्व खास रहेको भनाई उनको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको अध्यक्ष समेत रहेका गोदारले नेपालमा पर्यटन प्रवद्र्धन गर्न उक्त खेलमार्फत टेवा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल मुवाथाई संघका केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक विजय गुरुङ, विवेकजंग कार्की लगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.