सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरा लेडी जेसीजको ‘जेसीज सप्ताह’ जेठ १७ देखि

यही जेठ १७ गतेदेखी शुरु हुने सप्ताहका लागि लेडी जेसीजले पोखरामा पत्रकार सम्मेलन गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

पोखरा /

पोखरा लेडी जेसिजले सप्ताहव्यापी कार्यक्रम गर्दै ‘जेसीज सप्ताह’ मनाउने भएको छ । यही जेठ १७ गतेदेखी शुरु हुने सप्ताहका लागि लेडी जेसीजले पोखरामा पत्रकार सम्मेलन गर्दै विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

‘लैङ्गिक समानता, समावेशी, स्वास्थ र समुन्नत समाज आजको आवश्यकता’ भन्ने नाराका साथ सञ्चालन हुने सप्ताहमा अभिमुखिकरण तथा सचेतना, निःशूल्क दन्त शिविर, साइबर अपराध तथा कानूनी प्रक्रिया, व्यक्तित्व विकास, सौन्दर्य सम्बन्धि उद्यशिलता तालिम, डाइट प्लान, तथा वृक्षरोपण लगायतका कार्यक्रम तय गरिएको जेसीज सप्ताह मूल संयोजक सुनिता गौतम भण्डारीले जानकारी दिइन् ।

आगामी जेठ २३ गतेसम्म सञ्चालन हुने सप्ताह अन्र्तगतको पहिलो दिन उद्घाटन समारोह एवं विद्यार्थी, अभिभावक अभिमुखिकरण तथा सचेतना कार्यक्रम गरिने जनाइएको छ । विद्यार्थी, अभिभावक र महिला समूहलाई लक्षित गर्दै पोखरा उद्योग वाणिज्य संघमा सञ्चालन हुने अभिमूखीकरण कार्यक्रमको संयोजन दिव्यलक्ष्मी चालिसे र सरु पनेरुले गरिरहेका छन् ।

अभियान अन्र्तगत दोश्रो दिन नेलम्बो नेपालसँगको सहकार्यमा पोखराको नयाँ बजारस्थित नव प्रभात माध्यमिक विद्यालयमा सञ्चालन हुने बृहत निःशूल्क २ दिने दन्त शिविरको संयोजकको जिम्मेवारी रेजिना कटुवालले पाएकी छन् । जेठ १७ र १८ गते सञ्चालन हुने उक्त शिविर विद्यालयका विद्यार्थी र कर्मचारीलाई लक्षित गरेर सञ्चालन गरिँदै छ ।

यस्तै तेश्रो दिन जेठ १९ गते समाजिक मान्यता, साइबर अपराध र कानूनी प्रावधानका विषयमा कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रमका लागि करुण पाण्डेलाई संयोजक चयन गरिएको छ । कार्यक्रम पोखरा–१४ को वडा कार्यालयमा सञ्चालन गरिने छ ।

चौंथो दिन व्यक्तित्व तथा नेतृत्व विकाससम्बन्धि ‘इन्ट्रोड्यूस माईसेल्फ’ तालिम जेठ २० गते सञ्चालन गरिने छ । संघसंस्था एवं महिला समूहका अध्यक्ष र सचिवहरुलाई लक्षित गर्दै पोखरा – ३० ढुंगेपाटनमा सञ्चालन गरिने तालिमको संयोजन इन्दिरा तिमिल्सिनाले गरिरहेकी छन् ।

यस्तै सप्ताहको पाँचौं दिन उद्यमी महिला लक्षिता दुई दिने उद्यमशिलता सौन्र्दय तालिम गरिने भएको छ । जेठ २१ गते हुने उक्त तालिम गुरुङ व्यूटी पार्लरसहित पोखराका विभिन्न ४ वटा पार्लरमा सञ्चालन गर्नेगरि रचना अधिकारीले संयोजन गर्ने छिन् ।

छैटौं दिन ‘डाइट प्लान’ तालिम सञ्चालन गरिने भएको छ । जेठ २२ गते खेलाडीहरुलाई लक्षित गरि सञ्चालन गरिने कार्यक्रमका लागि सगुन पौडेललाई संयोजक चयन गरिएको छ ।

कार्यक्रमको अन्तिम दिन सातौं कार्यक्रम अन्र्तगत जेठ २३ गते वातावरण संरक्षणलाई ध्यानमा राख्दै वृक्षरोपण गरिने भएको छ । पोखरा–३ स्थित शान्ति मिजार समाजको परिसरमा गरिने वृक्षरोपण तथा डस्विन वितरण कार्यक्रमको संयोजनको जिम्मेवारी सिर्जना आले इसाले पाएकी छन् ।

सप्ताह अन्र्तगत विभिन्न कार्यक्रम सञ्चालन गर्न झण्डै १३ लाख खर्च लाग्ने संस्थाका अध्यक्ष गायत्री फुँयालले जानकारी दिइन् । सोही दिन साँझ पोखरामा एक कार्यक्रमकाविच पोखरा लेडी जेसिज सप्ताहको समापन गर्ने गरि तयारी भइरहेको उनले जानकारी दिइन् । समापन समारोहको सकुन पौडेललाई सकुन पौडेललाई जिम्मेवारी दिइएको छ ।

संस्थाकी अध्यक्ष गायत्री फुँयालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेलम्वो नेपालका कार्यक्रम संयोजक भिमप्रसाद भण्डारी, संस्थाका पूर्व अध्यक्ष सृजना कर्मचार्य, निवर्तमान अध्यक्ष लक्ष्मी कुँवर {लता}, मूल संयोजक सुनिता गौतम भण्डारी, महासचिव नन्दकुमारी ढुंगना लगायतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.