सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : दयाको ‘गाउँ आएको बाटो’ र साम्राज्ञीको ‘लण्डन टु पेरिस’

काठमाडौं :

शुक्रबार(आज)बाट नेपालमा दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’प्रदर्शनमा आएको छ भने अर्को घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’रहेको छ। फरक फरक कथामा निर्माण भएका यि फिल्म दर्शकले मन पराउने अपेक्षा गरिको छ।

Chaka Panja

फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ राई,पशुपति राई,प्रसन्न राई लगायतले अभिनय गरेका छन्। विदेशमा रहेका राई समुदायले आफ्नो जिल्ला भोजपुरका एक राई समुदायको कथालाई उठाएका छन्।

यता ‘लण्डन टु पेरिसमा भने निश्चल खड्का,साम्राज्ञी आरएल शाह,कविर खड्का र गरिमा शर्माको वरिपरि फिल्मको कथा घुमेको छ। नेपाली युवायुवतीको मायाप्रेम र विछोडका कथालाई प्रस्तुत गरिएको यो फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन्। प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको यो फिल्मले दर्शकबाट पनि राम्रै प्रतिक्रिया पाउँछ भन्ने बुझिएको छ।

Leave A Reply

Your email address will not be published.