सुचना, समाचार र मनोरन्जन
Sarangi

राष्ट्र बैंकले १४ दिनका लागि ३५ अर्ब तरलता खिच्ने

काठमाडौं/

नेपाल राष्ट्र बैंकले अधिक तरलता दबाबका कारण स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरण सँगैसँगै परिचालन गरिरहेको छ ।

राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण मार्फत १४ दिनका लागि ३५ अर्ब तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा भएको घोषणा अनुसार फागुनदेखि स्थायी निक्षेप सुविधा उपलब्ध गराउन सुरु गरेको थियो । तर, उक्त औजार प्रभावकारी नदेखिएपछि निक्षेप संकलन उपकरण मार्फत निरन्तर तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वनय गर्न विभिन्न औजार प्रयोग गर्दै आएको छ । अधिक तरलता भएर अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरभन्दा तल गए पनि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ ।

स्थायी निक्षेप सुविधा सातामा दुई पटक प्रयोगमा ल्याइरहेको राष्ट्र बैंक चालु आवको मौद्रिक नीतिमार्फत त्यसलाई पुनरावलोकन गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.