सुचना, समाचार र मनोरन्जन

सलमानलाई ५ करोड फिरौती मागेर धम्की दिने तरकारी व्यापारी पक्राउ

मुम्बई :

बलिउड अभिनेता सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ माग्ने तरकारी व्यापारी पक्राउ परेका छन्। जमशेदपुरका तरकारी विक्रेता रहेका २४ वर्षीय शेख हुसेन शेख मौसिन पक्राउ परेका हुन्।

Pach Pandav

मुम्बईको वर्ली प्रहरीले उनलाई झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको भारतिय मिडियाले जनाएका छन्। उनलाई बिहिबार झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको भारतिय प्रहरीले जानकारी दिएको छ।

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण म्यासेजलाई शेखले ‘यसलाई हल्का रूपमा नलिनुहोस् भन्दै एसएमएस पठाएका थिए। उनले लेखेका थिए,‘यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।’

गत १२ अक्टोबरमा सलमानका निकटतम मित्र तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएपछि भारतिय प्रहरीले सलमानको सुरक्षा बढाएको थियो। यस्तो म्यासेज आएपछि प्रहरी म्यासेजकर्ताको नम्बर खोज्दै जाँदा तरकारी व्यापारी शेख परेका हुन्।

Leave A Reply

Your email address will not be published.