सुचना, समाचार र मनोरन्जन
Sarangi

‘दान्भी’मा हिरो पूजा शर्मा

काठमाडौं :

आफ्नो फिल्मको हिट फ्लप दुवै बोकेर हिड्ने अभिनेत्रीमध्ये एक हुन् पूजा शर्मा। उनले अभिनय गरेका फिल्ममा हिरोहरु छायांमा पर्छन् तर उनको चर्चा हुन्छ। किनभने फिल्मकर्मीले पूजामाथी लगानी खन्याएका हुन्छन्। उनले निर्माण गरेको फिल्म होस् या अरुको । उनले फिल्मको सबै श्रेय बोकेर हिडेकी हुन्छिन्। त्यस कारण पूजा शर्मालाई रेखा थापापछिको हिरो भन्दा फरक पर्दैन।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दान्भी’पूजाकै वरिपरी घुमेको छ। उनलाई यस फिल्ममा रहेका अन्य कलाकार पूजाका अगाडि छायाँमा परेका छन्। एक्सन जनराको फिल्ममा पूजाले आफ्नो कौशलता देखाइएकी छन्। उनलाई यहि फिल्मबाट दर्शकले एक्सन लेडि भन्दा पनि टाइगर लेडिको उपाधि दिएका छन्। यो उपाधि पाएकी पूजा दंग छिन्। निर्देशक रुपेश तामाङले फिल्मको प्रचारप्रसारमा पूजा नभएको भए यो फिल्म नै बनाउन नसकिने दाबी गरेका छन्। एक्सनको पार्टमा पूजाले आँटिलो रुपमा काम गरेको बताए।

फिल्म हेर्दा पूजाको अभिनय साँच्चिकै गज्जबको देखिन्छ। रेखापछि अर्को एक्सन लेडिको रुपमा पूजाले आफुलाई उभ्याएकी छन्। जसका कारण नेपाली फिल्मले अर्को एक्सन हिरो जन्माएको छ। रेखा थापाको फिल्ममा हिरोहरु छायाँमा पर्दै आएका छन्। रेखाको अगाडि अरु कलाकारलाई दर्शकले हिरोको अनुभुत गर्न पाउँदैनन्। यस फिल्म दान्भीमा पनि पूजा बाहेक किरण श्रेष्ठ र कुन्साङ बोम्जनलाई दर्शकले यस फिल्मको हिरो हो भन्न निकै मुस्किल छ।

Leave A Reply

Your email address will not be published.