सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन

काठमाडौ/

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ ।

IVF Big

स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन। समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने मन्त्रालया प्रवक्ता बुढाथाेकीको भनाइ छ । समितिले दुई हप्ताभित्र प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ ।

Leave A Reply

Your email address will not be published.