काठमाडौँ /
राष्ट्रिय स्वतन्त्र पार्टी{रास्वपा}का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।
आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।
आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।