सुचना, समाचार र मनोरन्जन

फिल्म ‘लाइफ ड्यामेज’को शुभमुहूर्त, सुरक्षा र निमेषको प्रमुख भूमिका

काठमाडौं :

‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने फिल्म ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ। केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो फिल्ममार्फत निर्देशनमा हात हाल्दैछन्।

Pach Pandav

निर्देशक निमेष आफैले अभिनेत्री सुरक्षा पन्तसँग यस फिल्ममा स्क्रिन शेयर गर्दैछन्। शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त कार्यक्रममा अभिनेत्री सुरक्षा र निमेशसहित फिल्मका प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा सुरक्षा, निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहनेछ। यसै वर्ष रिलिज लक्ष्य राखिएको फिल्मलाई निमेष श्रेष्ठ र ईशा थापाले लेखेका हुन्।
पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका श्रेष्ठले यो फिल्म ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने बताए।

यसमा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ।

Leave A Reply

Your email address will not be published.