सुचना, समाचार र मनोरन्जन

कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने

पोखरा :

पोखरा र यस आसपासका मोटरसाइकल राइडर तथा मोटरस्पोर्ट्सप्रेमीहरूलाई खुशीको खबर सार्वजनिक भएको छ। आगामी कात्तिक १४ गते शनिबारका दिन पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने भएको हो।

उक्त कार्यक्रममा विश्वका सात देशका २० सहरहरूमा सञ्चालन भइरहेको यस अभियानले स्थानीय स्तरका प्रतिभावान राइडरहरूको खोजी गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। पोखराको पालेपाटनस्थित पञ्चरत्न ड्राइभिङ स्कुलको प्राङ्गणमा बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जानकारी छ।

Pach Pandav

यस कार्यक्रममा सहभागी हुने राइडरहरूले प्रमाणित रेसिङ प्रशिक्षकहरूबाट अत्यावश्यक रेसिङ सीपसम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्। प्रशिक्षणपश्चात् उनीहरूले ट्र्याकमा आफ्नो सीप, गति र क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्। प्रतिस्पर्धा मुख्य गरी १६० सीसी, २०० सीसी र ३१० सीसी गरी तीन फरक विधामा सञ्चालन गरिनेछ।

पोखराको छनोट चरणबाट उत्कृष्ट ठहरिएका राइडरहरू काठमाडौंमा आयोजना हुने राष्ट्रिय फाइनलका लागि चयन हुनेछन्। राष्ट्रिय फाइनलमा विजयी हुने राइडरले भारतको प्रसिद्ध मद्रास इन्टरनेसनल सर्किटमा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने सुनौलो अवसर प्राप्त गर्नेछन्।

कार्यक्रममा सहभागिताका लागि दर्ता शुल्क रु. १,००० तोकिएको भए तापनि उक्त रकम कार्यक्रमस्थलमा उपस्थित भई चेक-इन गरेपछि पूर्ण रूपमा फिर्ता गरिने आयोजकले जनाएको छ। साथै, सहभागी राइडरहरूका लागि हेल्मेट, राइडिङ ज्याकेट र जुत्तालगायतका अत्यावश्यक सुरक्षा सामग्रीहरू आयोजककै तर्फबाट उपलब्ध गराइनेछ।

रेस प्रत्यक्ष अवलोकन गर्न तथा रेसिङको रोमाञ्चक अनुभव लिन चाहने दर्शकहरूका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ। इच्छुक राइडरहरूले कार्यक्रमको आधिकारिक प्रचार सामग्रीमा रहेको क्यूआर कोडस्क्यान गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

Leave A Reply

Your email address will not be published.