सुचना, समाचार र मनोरन्जन

‘माइली’मा अनुबन्ध भएकी प्रियंकाको जोस : ५ मिनेटको रोल पाए पनि फिल्म खाइदिन्छु

काठमाडौं :

लामो समयको अन्तरलामा फिल्म ‘माइली’मा प्रियंका कार्की म्युजिक भिडियोमा व्यस्त छिन्। उनकाृ विवाहअघिको जस्तो व्यस्तता विवाहपछि छैन। उनी अघिल्ला फिल्ममा मुख्य अभिनेत्रीकोृ भुुमिका निवार्ह गर्दै आएकोमा पछिल्लो समय कहिले आमा त कहिले बुहारीको भूमिकामा अभिनय गर्दै आएकी छन्।

पछिल्लो समय म्युजिक भिडियोमा एकपछि अर्को काम गर्दै आएकी छन्। उनले कुनै समय लोकदोहोरीमा नाच्दिन भनेको खबर समेत बाहिरिएको थियो। एक निर्देशकले प्रियंकालाई लोकदोहोरीमा नाच्नका लागि अफर गर्दा आफुले नखेल्ने बताएको दाबी गरेका थिए।तर उनले यसबारेमा स्पष्टिकरण समेत दिएकी छन्। बिहिबार विश्वज्योती हलमा उनी अभिनित गीत ‘माछी’को पत्रकार सम्मेलनमा उनले कलालाई ‘यो खेल्छु र यो खेल्दिनँ’ भनेर आफूले कहिल्यै नभएको बताएकी हुन्।

उनले भनिन्, ‘मैले पहिलादेखि सीमित फिल्म वा गीत मात्र गर्छु भन्ने सोचेको भए म तेस्रो फिल्ममै आमाको भूमिका गर्दिनँ थिएँ होला । ‘नाइँ नभन्नू ल २’ मेरो करिअरको तेस्रो फिल्म थियो । यसैले म कलालाई यो खेल्छु र यो खेल्दिनँ भनेर हेर्ने मान्छे नै होइन ।’

उनका हातमा एउटा फिल्म बाहेक छैन। फिल्ममा उनलाई निर्माताहरुले अफर गर्न छाडेपछि भिडियोमा जमेकी प्रियंकाले आफुलाई ५ मिनेटको रोलले पनि फिल्म खाइदिन सक्छु भन्ने विश्वास रहेको बताईन्।

उनी थप्छिन्,‘फिल्ममा मेरो रोल कति लामो छ भनेर हेर्दिनँ । पहिल्यैदेखि मैले त्यो कहिल्यै हेरिनँ । आफूले आफ्नो क्यारेक्टर र अभिनय राम्रोसँग ग¥यो भने ५ मिनेट वा १० मिनेटको रोलले पनि फिल्म खाइदिन सक्छ भन्नेमा म विश्वास गर्छु।’ यतिबेला उनी म्युजिक भिडियो बाहेक रियालिटी शो ‘रोडिज’को छायांकनमा व्यस्त रहेकी छन्।

Leave A Reply

Your email address will not be published.