सुचना, समाचार र मनोरन्जन
Sarangi

साउन ३२ मै आउने भयो सुरक्षाको ‘बुलाकी’,समिक्षाले‘सधैं पछि परन्या हुन् स्त्री’

काठमाडौं :

यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ’बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ । निर्माण टिमले समिक्षा अधिकारीको स्वरमा ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीत सार्वजनिक गर्दै प्रचारप्रसारलाई व्यापाक गरेको हो। यो फिल्म केहि वर्ष अघि नै प्रदर्शनमा आए पनि गतिलो व्यापार गर्न सकेको थिएन। निर्माण टिमले बुधबार नारी वेदना बोल्ने गीत प्रदर्शन गर्दै फिल्म महिलाप्रधान हो भन्ने जानकारी दिएको छ।

छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको ‘बुलाकी’मा शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र मिक्सिङ पनि उनैले गरेका छन्। फिल्मको गीतमा फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय विराज विष्ट र नरेन खड्काका साथमा सरस्वती खत्री, रमेश बुढाथोकी, सुशील पोखरेल लगायतलाई प्रस्तुत गरिएको छ।

पश्चिम नेपालको गहिराईमा पुगेर सम्पूर्ण नेपालीको जीवन दैनिकीलाई चित्रण गरिएको विशुद्ध मौलिक कथा भनिएको यो फिल्मले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ। नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त यो फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन्।

स्व. मोती विष्टको प्रस्तुतिमा बनेको ’बुलाकी’लाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन्। अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्मको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।

यो फिल्ममा कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत पनि अभिनयमा छन् । यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

Leave A Reply

Your email address will not be published.