सुचना, समाचार र मनोरन्जन
Sarangi

प्रदर्शनरत फिल्म ‘मोदीबेनी’जापानमा बिक्री

काठमाडौं:

शुक्रवार रिलिज भएको नेपाली फिल्म ‘मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ। सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले किनेको हो। जापान प्रदर्शन अधिकार खरिद गरेको यो फिल्मलाई निर्माण टिमले किनेपछि जापानमा पनि प्रदर्शन हुने भएको हो।

फिल्मको रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई जापान अधिकार बिक्री भएको सह निर्माता हरि श्रेष्ठले बताए। उनका अनुसार जापानमा केही दिनमा फिल्मको सार्वजनिक रुपमा प्रदर्शनमा आउनेछ।

निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले फिल्मको ‘थ्रिलिङ पार्ट’लाई रुचाएका छन्। शुक्रवार र शनिवार दर्शक भेट्न विभिन्न हल पुगेका निर्देशक कोइरालाले ‘मोदीबेनी’को ‘सेकेन्ड हाफ’लाई बढी रुचाएको पाइएको बताए।

‘फिल्मको सेकेन्ड हाफलाई बढी रुचाएको पाएको छु। पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ। सोही कुरा दर्शकलाई चित्त बुझेको छ,’उनले भने। फिल्ममा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको उनले बताए।

उनी भन्छन्,‘दर्शकको प्रतिक्रिया बुझ्दा ‘वर्ड अफ माउथ’ले राम्रै काम गर्ने देखिन्छ।’

यतिबेला फिल्मका मुख्य कलाकार वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शक प्रतिक्रिया लिन काठमाडौंका विभिन्न हल पुगिरहेका छन्। डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.