सुचना, समाचार र मनोरन्जन

आमाकै भुमिकामा चित्त बुझाउँदै प्रियंका

काठमाडौं :

कुनै समय प्रियंका कार्कीलाई अभिनेत्रीको भुमिकामा निवार्ह गर्न अफरै अफर आउँथ्यो। उनको जोडीका रुपमा को अभिनेता हुन् भन्ने चासोको विषय बन्थ्यो। तर पछिल्लो समय भने उनलाई निर्देशकले अभिनेत्री भन्दा पनि आमाको भुमिकामा लिन थालेका छन्।

मंगलबारबाट छायांकनमा निस्किन लागेको फिल्म ‘माइली’मा उनी गायिका कमला घिमिरेको आमाको भुमिकामा अभिनय गर्दैछिन्। रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा मुहुर्त गरिएको छ। बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहेको फिल्मको मुहुर्त फिल्मका कलाकार र प्राविधिकको उपस्थितिमा मुहुर्त गरिएको हो।

Pach Pandav

उक्त कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले आफुले यस फिल्ममा आमाको भुमिका निवार्ह गर्न लागेको बताईन्। यसै फिल्मबाट अभिनेत्रीको रुपमा गायिका कमला घिमिरेले डेब्यु गर्दैछिन्।

फिल्ममा प्रियंका र कमलाका अलवा करिश्मा मानन्धर, शर्मिला मल्ल,सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय हुनेछ । अधिकांश फिल्ममा महिला रहने निर्देशक बाबु साहेव बलामीले जानकारी दिए।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए। ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्वाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।

Leave A Reply

Your email address will not be published.