काठमाडौँ/
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताए ।
मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनीसमेत दिए । उनले आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको भन्दै अहिलेसम्म प्राप्त उपलब्धिहरूमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनका लागि संशोधन भए समर्थन गर्ने बताए ।
सरकार दलाल, बिचौलिया, उद्योग व्यवसायीहरूलाई राज्यको राजस्व छुट दिने पक्षमा गएको आरोप लगाउँदै उहाँले सरकारले छुट दिए आफू यस विषयमा बोल्ने उल्लेख गरे।