सुचना, समाचार र मनोरन्जन
Sarangi

काठमाडौ महानगरको कार्यालय नजिक सडक भासियो

काठमाडौ/

काठमाण्डौ महानगरपालिका कार्यालय नजिक सडक भासिएको छ । महानगरको कार्यालय रहेको काठमाण्डौ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ ।

दरबारमार्गको महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने टुकुचा खोलामाथिको सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको महानगर प्रहरीले जनाएको छ ।

सडक विभागअन्तर्गत पर्ने भासिएको सडक यसअघि एकतर्फी सञ्चालन हुँदै आएको थियो । यसअघि पनि सडक भासिएको थियो । त्यति बेला अस्थायी रूपमा मर्मत गरिएको थियो ।

सडक भासिएको जानकारी आएको र तत्कालै मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढेको सडक विभाग अन्तर्गत सडक डिभिजन काठमाण्डौमा सूचना अधिकारी महानन्द जोशीले उज्यालोलाई जानकारी दिनुभयो । डिभिजन कार्यालयले काठमाण्डौ महानगरलाई पनि यसबारेमा जानकारी गराइसकेको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.