काठमाडौं :
अभिनेता रमित ढुङ्गानाले आफ्नो पहिलो निर्देशकिय पक्षमा नै ढुङ्गा चपाएका छन्। उनले पहिलो पटक निर्देशनमा हात हालेको फिल्म ‘नमेटिने घाउ’बाट आफुलाई असफल निर्देशकको रुपमा सावित गरेका छन्।
उनले एसिड पिडितको आवाज उठाउदै फिल्ममा प्रधानमन्त्री केपी शर्मा,पुर्वप्रधानमन्त्री माधव कुमार नेपालदेखि राप्रपाका सांसद ज्ञानेन्द्र शाही लगायतले अभिनय गरेका छन्। फिल्ममा वहालवाला प्रहरी प्रमुख देखि सिपाहीहरुले समेत अभिनय गरेको यो फिल्मले हलमा पानी समेत भन्न पाएन। अमित ढुङ्गानाले निर्माण गरेको यो फिल्ममा अधिकांश कलाकार एसिड पिडितहरु रहेका छन्।
फिल्म चल्नुभन्दा अघि रमित ढुङ्गानाले यो फिल्म उत्कृष्ट हुने दाबी गरेका थिए। केपी शर्मा देखि राप्रपा कार्यकर्ताले समेत फिल्म हेर्दा चलिहाल्छ नि भन्ने मानसिकताबाट ग्रस्त बनेका उनी फिल्म नचलेपछि चुपचाप लागेका छन्।