काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रावायण’का कलाकारहरु हल हलमा पुगेका छन्। फिल्मकी अभिनेत्री तथा निर्मात्री समेत रहेकी पूजा शर्मा पत्रकारका साथै दर्शक भेटाउन आमा र प्रेमीलाई लिएर हिडेकी छन्।
पूजा र पल दुवै बिहानीको शोमा हल भिजिटमा निस्किएका थिए। पूजाले आफ्नो प्रेमी युद्ध बानियाँ र आमालाई पनि लिएर हिँडेकी थिइन्। उनले सञ्चारकर्मीसित कुरा गर्दै पूजाले फिल्म धमाकेदार बनेको भन्दै खुशी व्यक्त गरिन्। पूजाका प्रेमी युद्धले पूजाको फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका थिए।
शुक्रबार बिहान बिगमुभिजमा फिल्म हेर्न आएका बानियाँले आफ्नो मान्छे भएको फिल्म सिरियस भएर हेरेको बताए। पत्रकारसँगको कुराकानीमा भने,‘आफ्नो मान्छे सिनमा भएपछि सिरियस भएर हेरिन्छ । मलाई फिल्म मन पर्यो। सबैले गर्नुभएको क्यारेक्टर बेस्ट छ। हजुरहरुले जस्तो खोज्नुभएको हो, त्यस्तो मुभी हामीले ल्याएका छौं ।’
सञ्चारकर्मीले उनलाई पल र पूजाको रोमान्स कस्तो लाग्यो भनेर पनि सोधेका थिए। यसको जवाफमा उनले उनीहरुको स्क्रिन कपल जनताले सँधै मन पराएको र आफुलाई पनि एकदम मनपरेको बताए। पत्रकारले दुवैलाई एकै ठाउँमा भेटेपछि विवाहको कुरा निकाले। सोहीक्रममा पूजासँग कहिले बिहे गर्ने भन्ने प्रश्नमा उनले भने, ‘विवाह विस्तारै हुन्छ। कुनै बेला न्यूज आउँछ। म हजुरहरुलाई म भन्छु।’
पूजाकी आमाले यसै वर्षभित्र छोरीको विवाह गर्ने प्रयासमा रहेको बताइन्।