सुचना, समाचार र मनोरन्जन

सेतीमदी सहकारीका सदस्यलाई ए एण्ड बि इन्टरनेशनल इन्टरनेशनल हस्पिटलले १० देखी ३० प्रतिशतसम्म छुट दिने

पोखरा/

पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
आफनो स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका काम, कारवाही, सहकारीका सदस्यले पालन गर्नुपर्ने नियमहरु, बचत सगै क्रण लिदा उपनाउनुपर्ने विषयका बारेमा कार्यक्रममा जानकारी दिईएको थियो ।
सहकारीमा आवद्ध भएका तर सहकारीले गर्ने काम कारवाहीका विषयमा अस्पष्ट भएका विषयहरु सगै आर्थिक र वित्तिय अनुशासनका बारेमा सदस्यहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेकी सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । कार्यक्रममा सहकारी सम्बन्धी तीज गित प्रस्तुत सगै सहकारीमा आवद्ध सदस्यहरुलाई दर समेत खुवाईएको उनले बताईन ।

यसै विच कार्यक्रममा पोखरा २ मिरुवा स्थित ए एण्ड बि इन्टरनेशनल हस्पिटलले सहकारीका सदस्यलाई हस्पिटलले प्रदान गर्ने सेवामा छुट दिने सम्बन्धमा सम्झौता समेत भएको छ । सम्झौता पत्रमा सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारी र हस्पिटलका प्रतिनिधि डा लता लक्ष्मी पराजुलीले हस्ताक्षर गरेका थिए ।
सम्झौता सगै हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यहरुले १० देखी ३० प्रतिशतसम्म छुट पाउने भएका सहकारीका सचिव शिवराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सहकारीले प्रत्येक वर्ष आफनो स्थापना दिवसका दिन खुल्ला रक्तदान कार्यक्रम सगै अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारि विभिन्न सामाजिक कामहरु गदै आएको छ ।
सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक एंव निवर्तमन अध्यक्ष विश्व बहादुर गुरुङ, उपाध्यक्ष गंगा बहादुर गुरुङ, सचिव शिवराज अधिकारी, कायक्रम संयोजक कविता गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिक सगै अन्य कामका बारेमा आ आफनो भनाई राखेका थिए ।

Leave A Reply

Your email address will not be published.