सुचना, समाचार र मनोरन्जन

‘शकुन्तला’पछि फिल्ममा काम नगर्नुको कारण खुलाए हमालले

काठमाडौं :

अभिनेता राजेश हमालले फिल्म नखेलेको ७ वर्ष भन्दा बढि समय भइसकेको छ। उनको पछिल्लो फिल्म ‘शकुन्तला’मा अभिनय गरेका थिए। लगातार फिल्मले निर्माता डुवाउन थालेपछि उनले चटक्कै फिल्म खेल्न छोडेका थिए। निर्माताहरु स्कृप्ट लिएर उनको घरको ढोकामा पुग्दा समेत फिल्ममा साइन गरेनन्। केहि वर्ष अघि एक दुई वटा फिल्ममा काम गर्ने निर्णय गरेका थिए।

अनुबन्ध पनि भएका थिए। तर यो फिल्म नबनेपछि उनी चुपचाप बसेका थिए। उनी बरु म्युजिक भिडियो र विभिन्न कार्यक्रममा सरिक हुँदै आएका थिए।
यति लामो समय किन अभिनेता हमालले काम गरेनन् भन्ने विषयको चर्चा चलेका थियो। तर यस बारेमा हालै एक कार्यक्रममा उनैले आफुले फिल्म नखेल्नुको कारण सहित पत्रकारमाझ बताएका छन्।

उनले दर्शकको स्वाद र चाहनाअनुसार फिल्म नबनेको हुनाले आफुले फिल्ममा काम नगरेको तर्क गरे। दर्शकको स्वाद र चाहाना अनुसार फिल्म बने मात्र काम गर्ने निधोअनुसार आफूले केही वर्ष यता फिल्म नखेलेको दाबी गरे।

कलिङ महोत्सवमा आइतबारको उनले फिल्ममा काम आफुले सोचे अनुसारको कथा नपाएकै कारण फिल्ममा काम नगरेको बताए।

उनले भने,‘मैले पछिल्लो ७ वर्ष एउटा फिल्म पनि गरेको छैन। जुन बिन्दुमा म छु, त्यसलाई मध्येनजर गरेर काम गर्ने र दर्शकको स्वाद र चाहनाअनुसार चलचित्र गर्ने तर गर्नकै लागि नगर्ने भनेर निधो गरेको थिएँ।’

फिल्म ‘नरसिंहा अवतार’मार्फत अभिनयमा फर्कन लागेका हमाल निकै उत्साहित देखिन्थेँ।

‘खुसीको कुरा, म २र३ हप्तामा यो ७ वर्षको ग्यापपछि एउटा मेजर फिल्म गर्न जाँदैछु,’उनले भने,‘कता कता पहिलो फिल्म गर्न जाँदैछु भन्ने पनि महसुस भइरहेको छ।’

उनको कमब्याकलाई लिएर यतिबेला चासोका साथ हेरिएको छ। उनी फिल्ममा आफुलाई पहिलो पटक अभिनय गर्न लागेको अनुभव बताए रहेका छन्। यो फिल्ममा उनका अलवा सनिशा भट्टराई, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूले पनि अभिनय गर्दैछन्। फिल्मलाई
दिवाकर भट्टराईले निर्देशन गर्दैछन्।

Leave A Reply

Your email address will not be published.