सुचना, समाचार र मनोरन्जन

असोज १५बाट आनीले मेची महाकाली उद्धार अभियान थाल्ने

काठमाडौं :

गायनसँगै समाजसेवामा सक्रिय रहेकी आनी छोइङ डोल्मा देशविदेशको सांगीतिक टुरपछि मेची महाकाली उद्धार अभियान लिएर देश दौडाहामा निस्किने भएकी छन्। आगामी असोज १५ गतेदेखि प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अभियान सुरु गर्ने तयारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै यो अभियानको सुरुवात हुने बताइएको छ। आनी सहित उनको टोली देशका विभिन्न भागमा पुग्ने योजना रहेको छ।४० दिनसम्म चल्ने यो अभियानमा सामाजिक संस्था मानव सेवा आश्रमसँग मिलेर आनीले गर्न लागेकी हुन्।

अभियान अन्तर्गत अशक्त, अपांग, विपन्न, असहायलाई उद्धार गरी औषधोपचार गर्ने, जीविकोपार्जनमा सघाउने, मानिस भन्दा नभएर जनावरलाई पनि उद्धार गरेर औषधोपचार र स्याहार गर्ने उद्देश्य छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘२०८२ साल सम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको सेवालाई पूर्णता दिन मेची महाकाली राष्ट्रिय उद्धार कार्यक्रम २०८१ मा मानवसेवा आश्रमका भाइबहिनीहरूसँगै म पनि सहभागी हुँदैछु। नैतिक, भौतिक र आर्थिक रूपमा सहयोग गरेर तपाईँहरू पनि यो सेवाको कार्यमा जोडिन सक्नुहुन्छ।

Leave A Reply

Your email address will not be published.