सुचना, समाचार र मनोरन्जन

प्रेस रजिष्ट्रार भण्डारीले पदभार ग्रहण गर्दै, मुख्यमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

गण्डकी/

Pach Pandav

गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार पदमा नियुक्त भएकी बिमला भण्डारीले आज औपचारिक रूपमा सपथ ग्रहण गर्दै पदभार ग्रहण गर्न लागेकी छन्। प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा भण्डारीले प्रेस रजिष्ट्रारको जिम्मेवारी सम्हाल्नेछिन्।

बिमला भण्डारीको यो नियुक्ति पत्रकारिता क्षेत्रका लागि एक ऐतिहासिक क्षण मानिएको छ। भण्डारीले लामो समयदेखि पत्रकारितामा पुर्याएको योगदान र अनुभवका कारण गण्डकी प्रदेशको प्रेस स्वतन्त्रता र सञ्चार माध्यमहरूको सुदृढीकरणमा नयाँ उचाइ हासिल हुने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.