सुचना, समाचार र मनोरन्जन

एकमात्र कलाकारले अभिनय गरेको फिल्म ‘अन्तिम पाना’को टिजर सार्वजनिक

काठमाडौं :

एक मात्र कलाकार अभिनित पहिलो नेपाली फिल्म ‘अन्तिम पाना’को टिजर सार्वजनिक गरिएको छ। टिजरलाई थ्यान्क्यु सिनेमा युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

Pach Pandav

टिजरमा फिल्मको एक मात्र कलाकार रहेका उमेश कार्कीको जीवन यात्रालाई देखाईको छ । उनीलाई द्वन्द्वबाट ग्रसित पात्रको रुपमा देखाईएको छ। उनीलाई हिड्नु पर्छ भन्ने थाहा नभएपनी रोकिनुहुन्न भन्ने थाहा छ। यो फिल्मलाई जीवन थापा क्षितिजले लेखेका हुन् भने निर्देशन पनि उनैले गरेका हुन्। यो फिल्म एक मात्र कलाकारले अभिनय गरेको नेपालकै पहिलो फिल्म हो।

यो फिल्ममा कलाकार उमेश कार्कीले अभिनय गरेका छन्। फिल्मको डिओपी केदार राई हुन् भने निर्माता दिवाज राई किराँती हुन्। फिल्मलाई सम्पादन भने विपिन्न मल्लले गरेका छन् । निर्माण पक्षको अनुसार यो फिल्म यहि दशैँमा रिलिज हुने तयारीमा छ।

https://www.youtube.com/watch?v=tuVukBRWej8

Leave A Reply

Your email address will not be published.