सुचना, समाचार र मनोरन्जन

फिल्म ‘माइली’पछि प्रियंका ‘ममी’मा,उनीसँगै सुलक्षण र दिया मास्केको पनि मुख्य भूमिका

काठमाडौं :

अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘माइली’पछि अर्को नयाँ फिल्मको छायांकन सुरुवात गरेकी छन्। मंगलबार ट्वान्टीफाईभ ब्यानरमा निर्माणधीन हरर जनराको फिल्म ‘ममीको’ मुर्हत गर्दै छायांकन थालिएको हो।

Pach Pandav

राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गते सम्पूर्ण उपकरणलाई पूजा गरि निर्माण टिमले छायाँकनको सुरुवात गरिएको जानकारी दिएको छ। पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको यस फिल्मलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गर्ने छन् भने समर निरौलाले निर्देशन रहने छ।

फिल्ममा प्रियंका कार्की, सुलक्षण भारती र दीया मास्केको अलवा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मलाई शरद महतोले खिच्नेछन्। निर्देशक निरौलाका अनुसार ३० दिनमा यो फिल्मको पहिलो चरणको छायाङ्कन सकिने र दोस्रो चरण तिहारपछि हुनेछ।

Leave A Reply

Your email address will not be published.