सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको मूल्यमा गिरावट: तोलामा २ हजार ८०० ले घट्यो सुन, चाँदी पनि सस्तियो

काठमाडौं,

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा आज (मंसिर ६ गते) छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो ।

Pach Pandav

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यससँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ रहेको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.