काठमाडौँ/
मनसुनजन्य विपद्मा परेकाहरूलाई राहत प्रदान गर्न विशिष्ट श्रेणीका पदाधिकारीहरूले ५ दिनको तलब दिने निर्णय गरिएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धी बैठकले सो निर्णय गरेको हो ।
प्रभावित परिवारको राहतका लागी पाँच दिनको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । यसबारे निजामती र अन्य राष्ट्रसेवकलाई पनि सहयोगका लागी आह्वान गर्ने निर्णय गरिएको छ ।