सुचना, समाचार र मनोरन्जन

नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने

काठमाडौ/

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

मनसुनी वायु कमजोर बनेसँगै ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसपटक तीन दिनअघि अर्थात् जुन १० तारिखमा भित्रिएको मनसुन चार दिन ढिलो गरी बाहिरिन थालेको हो ।

मौसमविद् प्रतिभा मानन्धरले ८/१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वा

Leave A Reply

Your email address will not be published.