सुचना, समाचार र मनोरन्जन

‘तिम्रै हुने मन छ’ भन्दै आए सलोन बस्नेत र सिमोन गिरी

काठमाडौं :

गायक सुर्य भुजेल र गायिका नित्या शिवाले नयाँ गीतको भिडियो दर्शकमाझ लिएर आएका छन्। सुर्य र नित्याको स्वर रहेको ‘तिम्रै हुने मन छ’गीतको भिडियो सार्वजनिक भएको छ ।
शंकर अधिकारी ‘घायल’को शब्द रचनामा तयार पारिएको यो फिल्ममा पुरुषोत्तम न्यौपानेले संगीत र एरेन्ज गरेका छन्। राजीव शाहको मिक्सिङ र मास्टरिङमा तयार पारिएको अडियोलाई सञ्चारकर्मी कुमार आचार्य निर्देशन गरेका छन्।

Chaka Panja

भिडियोमा निर्देशक आचार्यले सलोन बस्नेत, सिमोन गिरी र नरेश पौडेललाई अभिनय गराएका छन्। गीतको भिडियो हेर्दा पुरानो समयको प्रेमकथामा आधारित गीतको भिडियो तयार पारिएको छ। सलोन र सिमोनको रोमान्स देखाइएको भिडियोमा नरेशलाई सिमोनको बुवाका रुपमा प्रस्तुत गरिएको छ। उनलाई सलोन र सिमोनको प्रेमको विरोधीका रुपमा देखाइएको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, इश्वर सिंकेमनको सिनेमाटोग्राफी, सौरभ लामाको डिओपी, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, राकेश दाहालको पोस्टर डिजाइन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, प्रिज्मा श्रेष्ठ र रितु श्रेष्ठको मेकअप छ । भिडियोको पोस्ट प्रोडक्सन मुभी पोइन्टमा भएको हो। अभिनेत्री सिमोनले यसअघि ठुलो पर्दाको फिल्म ‘दुई कदम’मा अभिनय गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.